दफा २८
उपचार तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था
(१) कुनै खोप लगाएकै कारणबाट खोप लिएको व्यक्तिको स्वास्थ्यमा गम्भिर असर परेको कुरा अनुसन्धान समितिले ठहर गरेमा सो खोप जुन निकाय वा संस्थाबाट दिइएको हो सो निकाय वा संस्थाले त्यस्तो व्यक्तिको उपचार गरी
क्षतिपूर्ति समेत दिनु पर्नेछ ।
(२) कुनै खोप लगाएकै कारणबाट कुनै व्यक्तिको अङ्ग भङ्ग भई गम्भिर प्रकारको शारीरिक क्षति पुगेको वा निजको मृत्यु भएको कुरा अनुसन्धान समितिले ठहर गरेमा समितिले अङ्ग भङ्ग भएकोमा निज स्वयंलाई र मृत्यु भएकोमा निजको नजिकको हकवालालाई त्यस्तो खोप दिने निकाय वा संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराई दिनु पर्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम क्षतिपूर्ति उपलव्ध गराउने आधार तोकिए बमोजिम हुनेछ ।